Logo

सर्लाही काठमाडौको सम्पर्क समितिको अधिबेशन हुदै



काठमाडौ । नेपाली कांग्रेस सर्लाही काठमाण्डौ सम्पर्क समितिको अधिबेशन असोज १९ गते काठमाण्डौमा हुने भएको छ ।नेपाली काग्रेस जिल्ला समितिको आयोजनामा सर्लाही काठमाण्डौ सम्पर्क समितिको अधिबेशन हुन लागेको हो ।

कांग्रेसका उपसभापति तथा पुर्व उप प्रधानमन्त्री एंवम गृहमन्त्री विमलेन्द्र निधिको उपस्थितीमा अधिबेशनको हुन लागेकोे नेपाली कांग्रेस सर्लाही जिल्ला सभापति नागेन्द्रकुमार रायले जानकारी दिएका छन । काठमाडौको बत्तीसपुतली विग फुडल्याण्मा अधिबेशन हुने हुदा सम्पुर्ण जिल्लाबासीलाई उपस्थित हुन कार्यक्रम संम्योजक अभिनयमान सिंह बस्नेतले आग्रह गरेका छन ।

सर्लाहीबाट काठमाडौमा आएर बसोबास गरेका सम्पुर्ण जिल्लावासीको हकहितको लागि अधिवेशन गर्न लागिएको संम्योजक बस्नेतको भनाई रहेको छ । यो अधिबेशनले नया कार्यसमिति चयन गरेपछि सक्रिय रुपमा नेपाली काग्रेसमा पुलको काम गर्ने आयोजकले दावी गरेको छ ।

काग्रेस भित्र देखिएको दरारलाई मेटाउदै सदभाव, एकता र बलियो काग्रेसको लागि अहम भुमिका खेल्ने अपेक्षा समेत गरिएको छ । दशै तिहार र छठको अवसरमा हुने यो अधिबेशनले सर्लाही काठमाडौ सम्पर्क समति नमुनाको रुपमा हुने अपेक्षा पनि गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्