Logo

शहरको मेयरमा कुकुर निर्वाचित, सामाजिक सञ्जालमा रहन्छ सक्रिय !



काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियाको इडिल वाइल्ड शहरमा त्यहाँको मानिषहरुले कुकुरलाई आफ्नो शहरको मेयरमा निर्वाचित गरेका छन । अचम्मको कुरा त के छ भने शहरको मेयर पदकालागि भएको उक्त चुनावमा भेडा, गधा र बिरालाहरुलेपनि सहभागिता जनाएका थिए ।

समाचारहरुमा जनाईए अनुसार कुकुरालाईनै आधिकारीक मेयर नमानियपनि उसलाई केवल प्रतीकात्मक रुपमा मेयको पदमा चुनिएको हो ।मान्छेलाई नै पछिपार्दे मेक्स नाम गरको यो कुकुरलाई शहरका मेयरको जस्तै सुुुविधाहरु दिएर राखिएका छ । मेक्स नाम गरेको यो मेयर कुकुरको फेसबुक आईडीपनि रहेको छ । यतिमात्र कहाँ हो र मेक्सका भाई र बहिनी माइकी अनि मित्जीलाई पनि उप–मेयर बनाई गएको छ ।

अझ मेम्सको जिम्मेवारीको कुरा सुनेर अचम्म नपर्नु होस है,जानाकारीका अनुसार नयाँ मेयरको जिम्मेवारी यो रहेको छ कि उसले पर्यटक,स्थानीय र मीडियाको साथमा रहेर फोटोहरु खिचाउनु रहेको छ । मेक्सलाई शहरमा भईरहने साना ठुला कार्यक्रमहरुमा पनि उपस्थित रहन हतार नै रहने गर्दछ । यस्ता प्रकारका योजनाहरु जनावरहरु प्रति मानिषहरुको सहानुभूति बढाउनलाई एक पहलको रुपमा गरिएको पनि प्राप्त जानकारीहरुमा जनाईएको छ ।

पैसाको कमीकाकारण समस्याबाट पिडित जनावरलाई संरक्षण घर बनाउनकोलागि यस्तो प्रकारको तरिका अपनाईएको जनाईएको छ । चुनावकोलागि अनलाईन भोटिङ भएको थियो । यस्मा पा केटल नाम गरेको सर्च एण्ड रेस्क्यू तालिम प्राप्त कुकरले बाजि मारेको थियो ।

पा केटल नाम गरको उक्त कुकुरले २,३८७ मत प्राप्त गरेको जनाईएको छ । केटलले आफ्नो प्रतिद्धोन्दी भेडालाई ५५ अङकको मताअन्तरले पराजित गरेको थियो । यो पटकको चुनावमा जम्मा १२,०९१ जनाले चुनावमा सहभागिता जनाएका थिए ।जस्को माध्ययमबाटै संरक्षण गृहले ७.३ मिलीयन अमेरिकी डलर जम्मा गर्न सफल भएको जनार्ईएको छ ।

तपाईलाई योपनि जानकारी गराउन्छौ कि सन् २०१२मा पनि यस्तै प्रकारले मेक्सलाई मेयर पदमा चुनिएको थियो । यतिमात्र कहाँ हो र मेयललाई आफ्नो काममा जान आउन कुनै प्रकारको अनावश्यक अवरोधकालागि पनि एउटा कारको व्यवस्था गरिएको थियो । मेयरको पुरा नाम मेक्सिमस म्यूलर रहेको छ । मेक्स गोल्डन रिट्रीवर प्रजातिको कुकुर रहेको जनाईएको छ ।

मेक्स मेयरको फेसबुक प्रोफाईल हेर्ने तलको लिङमा जानुहोस

I have learned to practice sleeping with my ears open because there's a lot of snacking that goes on in the night over…

Posted by Mayor Max on Monday, September 17, 2018

एजेन्सी



प्रतिक्रिया दिनुहोस्