Logo

साउदी अरेबियाले पाकिस्तानमा लगानी गर्ने



काठमाडौँ । पाकिस्तानको मन्त्रिपरिषदले तटीय सहर ग्वदरमा तेल प्रशोधन रिफाइनरी स्थापना गर्न साउदी अरबलाई स्वीकृति दिएको छ ।

“रिफाइनरी स्थापनाका लागि मन्त्रिपरिषदको स्वीकृतिले दुबै देशबीच समझदारीपत्रमा हस्ताक्षर गर्न बाटो खुलेको छ,” पाकिस्तानका पेट्रोलियम मन्त्री गुलाम सरवार खानले बताए। यद्यपी, रिफाइनरी निर्माणमा हुने लगानी रकमबारे केही खुलाइएको छैन ।मन्त्री खानले साउदी अरेबियाबाट पाकिस्तानमा हुने लगानीप्रति कुनै आपत्ति नरहेको पनि बताएका छन ।

पाकिस्तानमा इमरान खानको नेतृत्वको सरकार गठन भएयता यो सबैभन्दा ठूलो वैदेशिक लगानी हो । मन्त्री खानले ग्वदरमा रिफाइनरी निर्माण गर्ने सम्बन्धमा साउदी अरेबियाको उच्च प्रतिनिधिमण्डलले हालै स्थलगत अवलोकन समेत गरिसकेको जानकारी जनाए ।

मन्त्री खानले चीन–पाकिस्तान आर्थिक करिडोर सीपेक परियोजना समेतका अन्य कार्यक्रममा साउदी अ‍ेरेबियाले लगानी बढाउन रुचि देखाएको पनि जनाए । “अहिले हामीलाई तीन चारवटा खनिज तेल प्रशोधन प्लान्टको जरुरी छ र हामीले साउदी, चिनीया, युएई, रुसी वा अरु कुनै पनि देशको लगानीका लागि खुला गरेका छौं । पाकिस्तानले अझ राम्रो लगानी वातावरण तयार गर्दैछ ।” एजेन्सी



प्रतिक्रिया दिनुहोस्