Logo

आन्दोलनले स्थानीय तह ठप्प



बर्दिवास । महोत्तरीका सबै स्थानीय तहका कार्यालय कर्मचारीले आज ठप्प पारेका छन् ।भङ्गाहा नगरपालिकाका लेखा अधिकृत पवनकुमार अधिकारीलाई नगरप्रमुखले हातपात गरेपछि कर्मचारी आन्दोलित भएका हुन् ।

कर्मचारीले आज जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकाको कामकाज ठप्प पारेका छन् । यही असोज १० गते लेखा अधिकृत अधिकारीलाई नगरप्रमुख सञ्जीवकुमार साहले आफ्नै कार्यकक्षमा हातपात गरेपछि आपूmहरु आन्दोलनमा उत्रेको ट्रेड युनियनका अध्यक्ष राजीशरण यादवले बताए।

“जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपनि कुनै कारवाही नभएपछि आन्दोलनमा उत्रिएका हौँ,”उनले भने । कर्मचारीको आन्दोलनका कारण सर्वसाधारण मारमा परेका छन् । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले कानून र प्रक्रियाअनुसार आफ्नो तहबाट कारवाही प्रक्रिया बढाएको जानकारी दिए।



प्रतिक्रिया दिनुहोस्