काठमाडौं, १९ असोज । सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालको भातृ संगठन समाजवादी बिधार्थी फोरम उदयपुरको सम्मेलन आज सम्पन्न भएको छ ।
सो सम्मेलनको अध्यक्षता जिल्ला समाजवादी फोरम नेपाल उदयपुरका अध्यक्ष चिरीन्जीबी बुढाथोकीले गरेकाथिए । त्यस्तै सम्मेलनलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य रामप्रसाद रिजालले बिगतमा सरकारसँग गरेका र भएका सहमति तथा सम्मझौता कार्यान्वयन गर्न आफ्नो पार्टी सरकारमा गएको स्पष्ट पारेका थिए ।
उनले सीके राउतले मधेसलाई नेपालबाट अलग राख्ने अभिव्यक्ति दिएको र त्यही अनुसार गतिविधि गरेकोले उनलाई कारबाही गर्न सरकारलाई माग पनि गरेका छन् ।
आफ्नो पार्टी हिमाल, पहाड़ र मधेशलाई जोडन् निर्माण भएको पनि रिजालले बताए । त्यस्तै उनले अधिकारसम्पन्न प्रदेशहरू निर्माण र पहिचानसहितको संघीयताको लागी पार्टी सरकारमा गएको स्पष्ट पारे ।
फरक प्रसँगमा उनले र राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेसलाई नेपालबाट अलग राख्ने अभिव्यक्ति दिएकोले सिके राउत र राजपाले देशलाई टुक्र्याउन लागेकोले त्यसको आफ्नो पार्टीले सशक्त विरोध गर्नुपर्ने धारणा राखे ।