Logo

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेमा दुर्घटना, चार जनाको मृत्यु



काठमाडौँ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिकामा आज बिहान भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ । बिहान करिव ९ः३० बजको समयमा ट्रक र माइक्रो बस एक आपसमा ठोक्किएर भएको दुर्घटनामा अन्य १७ जना यात्रु घाइते भएको जनाईएको छ ।

दाङबाट नेपालगञ्ज जादै गरेको रा १ ख १६६२ नम्बरको माइक्रो बस र नेपालगञ्जबाट विपरित दिशाबाट आउदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रक मुगुवा खोला नजिक दुर्घटनमा परेको थियो ।धाईतेहरुलाई प्रहरीले तुरुन्त कोहलपुर मेडिकल कलेज पुर्याएको थियो । त्यहाँ घाईतेहरुको उपचार भईरहेको जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्