Logo

सिके राउत पक्राउ



गौर । मधेशलाई छुटै राज्य बनाउने अभिव्यक्ति दिँदै आएका डा सिके राउत आज अपराह्न गौरमा पक्राउ परेका छन् ।स्वतन्त्र मधेशको वकालत गर्दै आएका डा राउतलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको हो ।

जिल्ला अदालत, रौतहटमा नियमित पेशीमा उपस्थित भएर फर्किदै गर्दा उनलाई प्रहरीले पक्राउ गरेको थियोे । राज्यविरुद्ध अभिव्यक्ति दिएकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिए ।

अदालतमा डा राउत करीब १०० समर्थकसहित उपस्थित भएका थिए । राउतलाई राज्यविरूद्घको अपराधमा मुद्दा चलाइने बताइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्