Logo

हवाई कारवाहीमा चार तालिबान कमाण्डरसहित तीस जनाको मृत्यु



२६ असोज, काठमाडौँ । गत हप्ता अफगानिस्तानको फराह प्रान्तको विभिन्न भागमा विदेशी सैन्य बलले गरेको हवाई कारवाहीमा परी चार तालिबान कमाण्डर मारिएका छन् ।

फराह प्रान्तका गभर्नर अब्दुल बासिर सलाङ्गीले खाक सफिद जिल्लामा भएको हवाई कारवाहीमा परी तालिबान कमाण्डर मुल्लाह बारी जानको मृत्यु भएको पुष्टि गरेका छन।

मुल्लाहले कम्तीमा तीन सय हत्या र आक्रमण गरेका टोलो समाचार समितिले जानकारी दिएको छ । मुल्लाहबाहेक मुल्लाह हान्जाला, मुल्लाह मुख्लिस् र मुल्लाह अब्दुल सलिम नाम गरेका तालिबान कमाण्डरहरु मारिएका सलाङ्गीले जानकारी गराए।

गत हप्ता फराह प्रान्तको विभिन्न भागमा भएको हवाई कारवाहीमा परी कम्तीमा ३० आतङ्ककारी मारिएका पनि उनले थप जानकारी गराएका छन। तर तालिबान आतङ्ककारी समूहले भने आफ्ना सदस्य मारिएको समाचारको खण्डन गरेका छन् । तालिबान सङ्गठनले आफ्ना सदस्य नमारिएको बताएको छ ।

साथै कान्दाहार प्रान्तको मरिफ जिल्लामा भएको एक हवाई कारवाहीका क्रममा चारजना सर्वसाधारणको पनि मृत्यु भएको बताइएको छ । यस आक्रमणका क्रममा अन्य आठ घाइते भएका पनि जनाइएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्