Logo

उनो कार्ड धनीलाई नेपाल मेडिसिटीमा विशेष सहुलियत



काठमाडौं, २९ असोज । नेपाल मेडिसिटी अस्पताल र उनो इन्टरनेट भेन्चरबीच विशेष सम्झौता भएको छ ।  नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र उनो इन्टरनेट भेन्चरका निर्देशक रेवन्त सिंहले शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

नेपालभरिनै प्रयोग गर्न सकिने उनो कार्ड प्रस्तुत गरि अस्पतालमा उपचारका लागि आउने बिरामीले विशेष सहुलियत प्राप्त गर्न सक्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

प्रविधि, पूर्वाधार तथा उत्कृष्ट जनशक्तिसहितको अस्पताल भएकाले नेपाल मेडिसिटीले प्रविधिमैत्री प्रणाली संग सहकार्य गर्न जरुरी रहेको धारणा अस्पतालका महाप्रबन्धक विजय रिमालले राख्नुभयो ।

बिरामीहरुले स्वत स्फुर्त रुपमै आफ्ना समस्याहरुको बारेमा जानकारी लिई निदान बारे अनुसन्धान गरी अस्पतालसम्म आइपुग्ने अवस्थामा उनो कार्डले थप मद्धत गर्ने आशा वहाँले राख्नुभयो ।

उनो इन्टरनेट भेन्चरका निर्देशक रेवन्त सिंहले आजको डिजिटल युगमा विभिन्न संघ संस्थासंंगको सहकार्य अनिवार्य रहेको र त्यसमा स्वास्थ्य क्षेत्रले महत्वपूर्ण स्थान लिने बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्