Logo

पञ्जाबको अमृतसर सहरमा रेलले किच्दा ७० जनाको मृत्यु, १४२ घाइते



काठमाडौं, ३ कात्तिक । भारत पञ्जाबस्थित अमृतसर सहरमा रेलले किच्दा ७० जनाको मृत्यु भएको छ। शुक्रबार साँझ करिब साढे ६ बजेको उक्त घटनामा १४२ जना घाइते भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार अमृतसर सहरमा रावणको पुत्ला जलाउने पर्व ‘दशहरा’ मनाइरहेका बेला छुटेको रेल मानिसहरूको भीडमा पुगेको थियो। लिक छेउमै पुत्ला जलाउँदै गरेका स्थानीयको भीडले रेल आइरहेको नदेखेको बताइएको छ।

प्रत्यक्षदर्शीले पुत्ला जलाइन लागेको भीडको आवाजले रेल आफूतिर आउँदै गरेको नसुनेको बताएका छन्। अधिकारीहरूका अनुसार दिल्लीबाट अमृतसर र अमृतसरबाट हावडाका लागि छुटेका दुई रेल एकैचोटी आमनेसामने हुँदा स्थानीय दुई रेलको बीचमा परेका थिए।

हावडा छुटेको रेलको रफ्तार ८५–९० किलोमिटर प्रतिघन्टा थियो। यही रेलले धेरै मानिसहरूलाई किचेको अनुमान गरिएको छ। मानिसहरू भीड भएको ठाउँ पार गर्न यो रेललाई पाँच सेकेन्ड पनि लागेको थिएन। अर्को रेलको रफ्तार ६०–६५ किलोमिटर प्रतिघन्टा थियो।

अमृतसर सरहमा रावणको पुत्ला दहनका क्रममा पटाकाहरू पड्काइएको थियो। त्यसको आवाजका कारण मानिसहरूले रेल आफूतिर आइरहेको पत्तै पाएनन्। एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्