नवलपरासी ४ कार्तिक । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा यात्रुबहाक बस पल्टिदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । धरानवाट भैरहवा जाँदै गरेको लु १ ख ८४५४ नम्बरको रात्री बस सडकबाट करीब ३५ मिटर तल खस्दा बसमा सवार ५१ घाइते भएका छन् । घाइते मध्ये ४२ जनालाई भरतपुर र ९ जनालाई स्थानिय अस्पताल उपचारका लागि लगिएको ट्राफिक प्रहरीले जनाएको छ । मृत्यु भएकामध्ये जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीमा कार्यरत अब्दुल अन्सारीको मात्रै सनाखत भएको छ ।