काठमाडौं । नेपाल युथ काउन्सिलकि महासचिव सलिना नगरकोटिले एक भावुक स्टाटस मार्फत महिला हिंसाको बिरोध गरेकी छिन । सामाजिक संजाल फेसबुकमा पोस्ट भएको उनको स्टाटसमा धेरैले मन छोयो भन्ने खालका कमेन्ट गरेका छ्न । स्वदेशमै युवाहरूलाई केही गर्न सिकाउने सस्थाकी नेतृ नगरकोटीको स्टाटस यस्तो छ ।
तिमीले मेरो कपाल लुछ्दा मलाई कति दुख्यो तिमीलाई थाहा भएन । तिमीले मेरो मुख थुन्दा मेरो आवाज दवियो तिमीले त्यो सुनेन । तिमीले मेरो शरिरको कपडा च्यात्दा मैले बिलौना गरे त्यो तिमीले मानेनौ । मेरो पिडामा तिमीलाई मात्र आनन्दको अनुभुति भयो । आफ्नो तिर्सना मेट्न तिमीले म निर्दोषको शरिरलाई खेलौना बनायो । सोचमग्न छ मेरो आत्मा कि तिमीलाई जन्मदिने आमाको किस्मत कस्तो । तिमीलाई साहारा मान्ने दिदीबहिनीको किस्मत कस्तो ।
डर लाग्छ मलाई म त मरेर गइहाले तर उनीहरु के आफ्नै घरमा सुरक्षित त छन् । तिमीलाई तिम्रो तिर्सना मेटाउने भोकले मेरो ज्यान लग्यो बुझिराख तिम्रो घरमा पनि नारी छन् उनीहरु कसैको तिर्सनाको शिकार हुँदा तिमीलाई कति पिडा हुन्छ होला ।
म त मरिहाले तर मेरो आमा बुवालाई पल पल मर्नेछन् । बिन्ती गरे तिमीलाई मेरो इजजत गरेनौ तिमीले अरु नारीको इजजत गर्न सिक । मेरो मरेको आत्मा खुसी हुनेछ । युवा अभियन्ता सलिनाको आक्रोश स्जब तिम्ले बिलौना सुनेनौ ।