Logo

दाङको विकासका लागि क्षेत्रीय स्वार्थ त्याग्नुपर्नेः मुख्यमन्त्री पोखरेल



काठमाडौँ,६ कात्तिक । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जिल्लाको विकास र समृद्धिका लागि सबैको साझा एजेण्डा हुनुपर्ने बताएका छन ।तुलसीपुर उपमहानगरपालिकाले सोमबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन। मुख्यमन्त्री पोखरेलले दाङको विकासका लागि क्षेत्रीय स्वार्थ त्याग्नुपर्ने विचार व्यक्त गरेको जनाईएको छ ।

“समग्र दाङको विकास कसरी गर्ने भन्ने हाम्रो ध्यान हुनुपर्दछ” मुख्यमन्त्री पोखरेलको भने । मुख्यमन्त्री पोखरेलले दाङमा सिँचाइ र खानेपानीको समस्या रहेको भन्दै माडीको पानी दाङ ल्याउनका लागि प्रदेश सरकारले पहल गरिरहेको बताएका थिए । कुइरेपानीदेखि तुलसीपुरसम्मको सडकलाई चार लेन बनाउनका लागि काम अगाडि बढेको बताउँदै उनले तुलसीपुरमा चक्रपथ निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरिसकेको जानकारी दिएका थिए।

अन्तक्र्रियामा नगरप्रमुख घनश्याम पाण्डेले बृहत् गुरुयोजना निर्माण गरेर दाङको विकासमा लागि काम गर्न आग्रह गरे । सडक बजेटलाई खण्डखण्ड बनाएर विनियोजन गर्नुभन्दा पनि एकै ठाउँमा राखेर बृहत् सडक योजना बनाउनका लागि नगरप्रमुख पाण्डेले आग्रह गरेका थिए ।
कार्यक्रममा संविधानसभा सदस्य वुद्धिराम भण्डारी र पूर्व सांसद गेहेन्द्र गिरीले दाङलाई राजधानी बनाउनका लागि पहल गर्न मुख्यमन्त्रीलाई आग्रह गरेको बताईएको छ । रासस



प्रतिक्रिया दिनुहोस्