पाल्पा । बिहेको दुलान फर्काएर घर फर्किएकी २१ वर्षीया नायिका रुपा थापा मगरको स्कुटर दुर्घटनामा ज्यान गएको छ । २७ वर्षीय श्रीमान् महेश पुन गम्भीर घाइते भएका छन् ।
मृतक थापाले मगरले चलचित्र लर्फु ‘पछ्यौरी’ मा नायिकाको रुपमा अभिनय गरेकी छन् । पाल्पाका विभिन्न एफएम रेडियोमा समेत प्रस्तोतामा रुपमा काम गर्दै आएकी थिईन ।
स्याङ्जाको कालिगण्डकी गाउँपालिका–४, बिर्घामा रहेको माइतीमा बिहेको दुलान फर्काएर मालिका गाउँपालिका–१, नेटा गुल्मीमा रहेको घर फर्कने क्रममा स्याङ्जाको मालुङ्गा नजिकै उनीहरु सवार लु ३७ प ३०९० नम्बरको स्कुटरलाई र विपरीत दिशाबाट आएको लु १ च ७२५६ नम्बरको जिपले ठक्कर दिएको थियो ।
उनीहरुको ११ दिनअघि मात्रै मागी बिहे भएको थियो । मगर विद्यार्थी संघ पाल्पाकी पूर्व अध्यक्षसमेत रहेकी मृतक थापाको शवलाई जिल्ला अस्पताल पाल्पामा पोष्टमार्टम पछि आफन्तलाई बुझाईएको थियो ।