Logo

विश्वकै ‘पातलो र हल्का’ फोन !



काठमाडौं । विश्व बजारमा प्रविधिले फड्को मारिरहेका बेला फोन पारखीहरुका लागि अर्को खुसीको खबर आएको छ । जापानको एनटीटी डोकोमा कम्पनीले विश्वकै पातलो र हल्का फोन बजारमा ल्याउने घोषणा गरेको छ ।

आगामी महिना बजारमा आउने उक्त फोनमा गेम खेल्न र भिडियो हेर्न सजिलो होस् भन्ने चाहना राख्नेहरुका लागि निर्माताहरुले ठूलो स्क्रिन भएका स्मार्टफोनको उत्पादनमा जोड दिइरहेका छन् ।

सिम्पल र बोक्न सजिलो हुने खालको स्मार्टफोन रोज्नेहरुको लागि डोकोमोले हल्का र पातलो फोन ल्याउने तयारी गरेको कम्पनीका अध्यक्ष काजुहिरो योशिजावा बताउँछन् ।

यसमा २ दशमव ८ इञ्चको स्क्रिन रहेको छ भने यसमा क्यामरा वा हेडफोन ज्याक केही पनि छैन । यो जम्मा ४७ ग्राम तौल रहेको र ५ दशमलव ३ मिलिमिटर पातलो रहेको बताइएको छ । जसलाई बिजनेश कार्ड बोक्ने पर्समा समेत राख्न सकिन्छ । खुद्रा मुल्य ३२ हजार येन तोकिएको यो फोन विश्वकै सबैभन्दा हल्का र पातलो फोन हुने कम्पनीको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्