Logo

दशैँमा पनि पाँच केजी चामल पाइएन



काठमाडौँ, ७ कात्तिक । बडादशैँका लागि हुम्लाका सर्वसाधारण जनताले नेपाल खाद्य संस्थानबाट पाँच केजी चामल पनि पाउन सकेनन् ।स्थानीयवासीले दशैँजस्तो ठूलो पर्वमा पनि चामल नपाउँदा नेपालगञ्जबाट आटोको रोटी पकाएर खान बाध्य भएको स्थानीयवासी गङ्गाबहादुर शाहीले जानकारी दिए ।

जिल्ला समन्वय समितिका प्रमुख एवं नेपाल खाद्य समितिका अध्यक्ष दानबहादुर राउतले पटक पटक बैठकमार्फत केन्द्रसँग १५ हजारदेखि २० हजार क्वीन्टलसम्म माग गरे पनि जिल्लाका हाल ६ हजार क्वीन्टल मात्रै पाइएको बर्ताए । नेपालगञ्ज र सुर्खेतमा रहेका मकालु, तारा, सीता र उमा एयरले ढुवानी नगर्दा चामल नेपालगञ्ज र सुर्खेतमै थन्किएको छ ।

प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढु्ङ्गानाले भने“अञ्चल विभाग र आपूर्ति मन्त्रालयमा पत्राचार गरिसकिएको छ, दशैँमा नपाए पनि सर्वसाधारण जनतालाई १० केजीदेखि १५ केजीसम्म दिन पाए हुम्लीहरुले भाइटीका मनाउन पाउने थिए । ” रासस



प्रतिक्रिया दिनुहोस्