Logo

अज्ञात अपहरणकारीद्धारा जापानी पत्रकार तीन वर्षपछि रिहा



काठमाडौँ, ८ काक्तिक । जापानी स्वतन्त्र पत्रकार जुम्पाई यासुदा सिरियामा अपहरण भएको तीन वर्ष भन्दा लामो समयपछि मुक्त भएका छन।जापानको सरकारी टेलिभिजन एनएचकेले रिहा गरिएका पत्रकार यासुदा बिहीबार टर्कीको राजधानी इस्तानबुलबाट जापानतर्फ उड्ेको समाचारहरुमा जनाईएको छ ।यासुदा तीन वर्षअघि सिरियामा बेपत्ता भएका थिए । उनलाई लामो समयसम्म कहाँ राखिएको थियो भन्ने बारेमा पत्ता लागेको थिएन ।

जापान सरकारले उनी सुरक्षित जानकारी गराएको थियो । उनी आज अबेर राति सम्म जापान फर्किसक्ने जनाईएको छ ।जापान फर्किन पाएकोमा आफूलाई निकै खुशी लागेको उनले बताएका थिए। ४४ वर्षीय यासुदाले तत्काल आफूले के गर्ने भन्ने प्रष्ट नभएको जानकारी दिएका थिए ।

मुक्त गरिएपछि एक कारबाट सिरियाको सीमा क्षेत्रमा लगिएको र त्यहाँ टर्कीका अधिकारीहरुलाई जिम्मा लगाइएको यासुदाले जनाएका छन ।बुधबार जापान सरकारले सिरियाली आतङ्ककारीहरुले मुक्त गरेका व्यक्ति यासुदा नै भएको पुष्टि गरेको थियो ।

जापानी विदेशमन्त्री तारो कोनोले बुधबार भएको एक पत्रकार सम्मेलनमा यासुदा सुरक्षित रहेका र उनको स्वास्थ्यमा कुनै समस्या नदेखिएको बताएका थिए । एजेन्सी



प्रतिक्रिया दिनुहोस्