Logo

सुर्खेतमा पहिलोपटक जापानी प्रविधि भित्रियो



सुर्खेत । ९ असोज । १६ लाखको लगानीमा सुर्खेतको वीरेन्द्रनगर– ८ मा पहिलोपटक जापानी प्रविधि साउना बाथ र स्टिमको उद्घाटन गरिएको छ । उक्त प्रविधिको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो ।

साउना बाथ र स्टिम मानवीय स्वास्थ्यका हिसाबले एकदमै महत्वपूर्ण भएको सञ्चालक जिवन विसीले जानकारी दिनुभयो । होम डाँगी र जीवन विसीले संयुक्तरुपमा सञ्चालन गरेको सो प्रविधि आयुर्वेद चिकित्सासमेत भएको सञ्चालकले जानकारी दिएका छन् ।

यस प्रविधिको प्रयोगले खानाको माध्यमबाट शरीरभित्र प्रवेश गरेका विशक्त पदार्थलाई भित्रैदेखि सफाइ गर्ने, धूमपान र मध्यपानको प्रयोगबाट उत्पन्न स्वास्थ्य समस्याको जोखिमलाई न्यूनीकरण गर्ने, शरीरको प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाउने, छालालाई नरम, चिल्लो र चम्किलो बनाउने, खोकी, चिसो, पिनाश, एलर्जी, खकार र श्वानलीको समस्याबाट छुटकारा दिलाउने, शरिरभित्र उत्पन्न प्रदूषण र रसायनलाई बाहिर निष्काशन गर्ने तथा मस्तिष्कलाई समेत आराम दिने भएकाले यो प्रविधि अत्यन्तै उपयुक्त हुने बताइएको छ ।

यस प्रविधिको प्रयोग गर्न प्रतिव्यक्ति मासिक रु एक हजार ५०० शुल्क लाग्ने सञ्चालक विसीले बताउनुभयो । हरेक हप्ताको सोमबार र शुक्रबार महिलाका लागि र बाँकी दिन पुरुषका लागि यस प्रविधिमार्फत उपचार गरिने व्यवस्था गरिएको छ । यस प्रविधिको उपचारका लागि झण्डै सवा घण्टासम्म बाथ गरिनेछ । रासस



प्रतिक्रिया दिनुहोस्