Logo

जापानमा भूकम्प



काठमाडौँ, ९ कात्तिक । उत्तरी जापानको होक्काइदो द्वीपमा शुक्रबार ५।६ रिक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था युएसजिएसका अनुसार स्थानीय समयानुसार शुक्रबार बिहानीपख ३ बजेर ४ मिनेट जाँदा भूकम्प गएको थियो ।

यस भूकम्पको केन्द्रविन्दु साप्पोरो शहरबाट ३७० किलोमटिर उत्तर–पूर्वी भूभागमा रहेको बताइएको छ । उक्त भूकम्पको केन्द्रविन्दु ३० किलोमिटर गहिराइमा रहेको थियो । यस भूकम्पपछि सुुनामीको सूचना भने दिइएको छैन ।

जापानमा गत सेप्टेम्बर ६ मा होक्काइदो द्वीपमा गएको ६।७ रिक्टर स्केलको भूकम्पबाट ४१ जनाको मृत्यु हुनुका साथै ६५० भन्दा बढी व्यक्ति घाइते भएका थिए ।जापानमा सन् २०११ मा गएको ९।० म्याग्नीच्युडको शक्तिशाली भूकम्प र त्यसपछि आएको सुनामीमा परी व्यापक जनधनको क्षति भएको थियो ।

जापानको इतिहासमा सबैभन्दा शक्तिशाली मानिएको त्यस भूकम्पबाट १५ हजारभन्दा बढीको मृत्यु हुनुका साथै अन्य हजारौँ व्यक्ति घाइते वा बेपत्ता भएका थिए ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्