Logo

विद्यालयमा आगलागी



परासी, १० कात्तिक/ पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेको विद्यालयमा आगलागी भएको छ ।

गए राति आगलागी भए पनि आज बिहान ६ः३० बजेमात्र आगलागी भएको थाहा भएको अध्यक्ष पाण्डेले बताउनुभयो । उहाँले गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि विद्यालय सञ्चालनको जिम्मा भाइ सागर पाण्डेलाई दिनुभएको थियो ।

सुस्ता गाउँपालिका–२ महलबारीमा रहेको क्यानल सेन्टर आवासीय माविको कार्यालयमा आगलागी भएको हो । आगलागीबाट करीब रु आठ लाख बराबरको क्षति भएको र विद्युत् सर्ट भएर आगलागी भएको पाण्डेले बताउनुभयो । आगलागीबाट कार्यालयमा रहेको फर्निचर, ल्यापटप कम्प्युटर, कागजपत्र जलेका छन् ।  (रासस)



प्रतिक्रिया दिनुहोस्