Logo

पूर्व मुख्यमन्त्री खुरानाको निधन



काठमाडौँ,११ काक्तिक । भारतको नयाँदिल्लीका पूर्व मुख्यमन्त्री मदनलाल खुरानाको ८२ वर्षको उमेरमा शनिबार राति निधन भएको छ ।

किर्ती नगरस्थित आफ्नै निवासमा खुरानाको निधन भएको परिवारिक स्रोतले जनाएको छ । “उनलाई केही दिनदेखि छातीमा समस्या देखिएको थियो, र ज्वरोले पनि असर गरेको थियो ।”

चार पटक सांसद बनेका खुराना भारतीय जनता पार्टीका नेता रहेका थिए । उनी सन् १९९३ देखि १९९६ सम्म नयाँदिल्लीको मुख्यमन्त्री बनेका थिए । त्यसैगरी सन् २००४ मा छोटो समयका लागि उनी राजस्थानको राज्यपाल पनि रहेका थिए।

उनको निधन भएकोप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन । एजेन्सी



प्रतिक्रिया दिनुहोस्