Logo

नेपाल मेडिकल काउन्सिलको निर्णय विभेदकारी: अध्यक्ष यादव



काठमाडौं । नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएसन, बंगालादेशले नेपाल मेडिकल काउन्सिलले केहि दिन अगाडी प्रकाशन गरेको औपचारिक सुचनामा आगामी लाइसेन्स परीक्षा देखि लागू हुने गरी ल्याएको नयाँ व्यवस्थामा नेपालमै एमबीबीएस तथा बीडीएस अध्ययन् पुरा गरेकाहरुले ६ महिना इन्टर्नसीप पुरा गरेपछि लाइसेन्स परीक्षामा सहभागी हुन पाइने निर्णयको बिरोध जनाएको छ ।

विदेशमा सोही अध्ययन् पुरा गरेकाहरुले लाइसेन्स परीक्षामा सहभागी हुन एक बर्षको इन्टर्नसीप अनिवार्य पुरा गर्नुपर्ने व्यव्यस्था विभेदकारी रहेको जिकिर गर्दै चिकित्सा शिक्षामा ल्याइएको यस विभेदकारी निर्णयको आफूहरुले बिरोध गरेको एशोसियनका अध्यक्ष नविन यादवले रिपोर्टर्स क्लबलाई जानकारी दिएका छन् । साथै अध्यक्ष यादवले स्वास्थ्य क्षेत्रको मर्यादा संवेदनशिलता भुलेर गरिने कुनैपनि कार्यको जोडदार बिरोध गर्ने बताएका छन् ।

प्रेस विज्ञप्ती

नेपाल मेडिकल काउन्सिलले केहि दिन अगाडी प्रकाशन गरेको औपचारिक सुचनामा आगामी लाइसेन्स परीक्षा देखि लागू हुने गरी ल्याएको नयाँ व्यवस्थामा नेपालमै एमबीबीएस तथा बीडीएस अध्ययन् पुरा गरेकाहरुले छ महिना इन्टर्नसीप पुरा गरेपछि लाइसेन्स परीक्षामा सहभागी हुन पाइने भनिएको छ ।

तर विदेशमा सोही अध्ययन् पुरा गरेकाहरुले लाइसेन्स परीक्षामा सहभागी हुन एक बर्षको इन्टर्नसीप अनिवार्य पुरा गर्नुपर्ने उल्लेख छ । चिकित्सा शिक्षामा ल्याइएको यस विभेदकारी निर्णयको हामी घोर बिरोध गर्दछौ ।

यसले बिदेशमा चिकित्सा शिक्षा अध्ययनरत सम्पूर्ण नेपाली बिधार्थीलाइ हतोत्साहित पार्ने काम गरेको छ । बंगलादेश कै उदाहरण लिने हो भने यहाँ हजारौ नेपाली बिधार्थिहरु अध्ययनरत छन् र यहाको पढाइ अवधि ६ बर्ष लाग्ने गर्छ र नेपालमा लाग्ने अवधि जम्मा ५ं बर्ष, त्यसै पनि बंगलादेशमा अध्ययनरत बिधार्थीहरुले नेपालको भन्दा ६ महिना बढी समय खर्चिनु परेको यथार्थता सबैलाई अवगत नै छ । यो नियम कार्न्यब्यन हुनुले यहाँ अध्ययनरत बिधार्थिहरु माथि अवस्य पनि अन्याय भएको छ, विभेद भएको छ ।

तसर्थ यो विभेदपूर्ण र अन्यायिक निर्णयलाइ यथाशिघ्र फिर्ता लिन सम्बन्धित निकायलाई अनुरोध गर्दछौ १ यसलाई बेवास्ता गरिए बिदेशमा चिकित्सा शिक्षा अध्ययनरत सम्पूर्ण नेपाली बिधार्थिहरुले संयुक्त रुपमा आन्दोलनका कार्यक्रमहरु साबर्जनिक गर्न बाध्य हुनेछन । सहयोग र समर्थनका निम्ति सम्पूर्ण मेडिकल बिधार्थी ,अभिभावक वर्ग ,पत्रकार मित्र एवं तमाम न्यायप्रेमीलाइ अनुरोध गर्दछौ ।
धन्यबाद ।

 नविन यादव
अध्यक्ष
नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएसन, बंगालादेश



प्रतिक्रिया दिनुहोस्