Logo

जिल्ला अस्पताल हस्तान्तरण



काठमाडौँ,१२ कात्तिक ।जिल्ला अस्पताल धादिङको नवनिर्मित बहिरंग भवन जिल्ला अस्पताललाई आज हस्तान्तरण गरिएको छ ।

स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादवले भवनको उद्घाटन गरे । अमेरिकेयर्स फाउण्डेशनको आर्थिक सहयोगमा भवन निर्माण गरिएको हो । सुविधासम्पन्न बहिरङ्ग सेवा दिन मिल्ने गरी भवनको डिजाइन गरिएको छ भने भवनका लागि उपकरण र फर्निचरसमेत सहयोग उपलब्ध गराइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्