Logo

चलचित्र ‘मालिका’ को आक्रमक प्रदर्शन, कसले च्यात्न लगायो ब्यानर !



काठमाडौं । वर्षकै बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ‘मालिका’ले आजदेखि आक्रमक प्रदर्शन स्रूरुवाती गरेको छ । चलचित्र मालिकाको विषयवस्तु र नायिका रेखा थापा आफ्नै फ्यानका कारण पनि मालिकाको सार्वजनिकसँगै वर्षभरी चर्चामा रहेको थियो ।

अन्तराष्ट्रिय उत्प्रेरक नर बहादुर कार्की र जाजरकोटीकी बालिका कमला वलीलाई मैदानमा उतारेकी नायिका रेखा थापा आफैमा सामाजिक अभियान्ता र राजनीतिक कर्मी पनि हुन ।

महिला हिंसाको अन्त्य, महिला शसक्तिकरण, बाल विबाहको अन्त्य लगायत जीवन जागरणका सन्दर्भहरुलाई मुख्य विषय बनाईएको चलचित्र मालिका यस अघि देशका विभिन्न स्थानहरुमा विषेश प्रर्दशन गरेको थियो । विषेश प्रदर्शनले नेपाली समुदाय र मनोरञ्जनकर्मीलाई तान्न सफल भएपछि निमार्ण पक्ष ‘मालिका’को भविष्य सफल छ भन्नेमा पुगेका छन् ।

आजदेखि प्रदर्शनमा आएको ‘मालिका’का पोष्टर भने च्यात्न लगाईएको निमार्ण पक्षले आरोप लगाएका छन् । चलचित्र मालिकाका निर्माता तथा अनतर्राष्ट्रिय उत्पे्ररक व्यक्तित्व नर बहादुर कार्कीले आफ्नो फेशबुकमा लेखेका छन्,‘गोजिको पैसा लगाएर,राज्यलाई कर तिर्नेगरी, कर्णालीकी छोरी कमला र देहातकी यादव छोरीका बलात्‍कृत सपनाको कथा ल्याएर हामीले के गल्ती गरेका छौरु कस्ले च्यात्न लगाउदैछ हाम्रा पोस्टर (यो स्थान पोस्टर टासिने नै हो । यि मास्क लगाएका मान्छे कसले पठायो ?’



प्रतिक्रिया दिनुहोस्