काठमाडौं, १६ कात्तिक । साविक विजेता म्यानचेस्टर सिटी काराबाओ कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा प्रिमियरशीप प्रतिद्वन्द्वी फुल्हमलाई २–० ले हराउँदै म्यान सिटी क्वाटरफाइनलमा पुगेको हो ।
खेलमा सिटीका लागि दुबै गोल स्पेनिस खेलाडी ब्रहिम डियाजले गरे । काराबाओ कप फुटबलको क्वाटरफाइनलमा अब सिटीले लेस्टर वा साउथह्याम्टन विचको विजेतासँग खेल्नेछ ।
गएरातिको खेलमा सिटीका बेल्जियन मिडफिल्डर केभिन डे ब्रायन घाईते भएका छन् ।चोटकै कारण गत अगष्टदेखि मैदानबाट टाढा रहेका डे ब्रायन दुई हप्ता अघि मात्रै मैदानमा फर्किएका थिए । डे ब्रायनको पछिल्लो चोट कति गम्भिर छ भन्नेबारे केही खुलाइएको छैन ।
एजेन्सीको सहयोगमा