Logo

सविता आलेको मोड्लीङ ‘करिअर’ को एक चर्चा !



काठमाडौं । यस कलाकारिता क्षेत्रमा कोही रहरले र कोही कहरले आउने गरेको पनि अर्को सत्य हो । कोही चर्चित बन्ने सपना बोकेर कला क्षेत्रमा आउछन् त कोही लोकप्रिय । कला क्षेत्रको व्यापक विकास र संस्कृति सम्वर्दनमा जुटिरहेका थोरै कलाकार मध्यकी एक हुन मोडेल सविता आले ।

कलाकारिताको जुनसु कै क्षेत्रमा निरन्तरता दिन सक्यो भने मात्र यो पेसामा भबिस्य छ कलाकारितामा भिज्न तेती सजिलो छैन घर परिवारको कुनै एक सदस्य कलाकार भयो भने आफुलाई अगाडी बढ्न सजिलो हुने बताउछिन आले काम गर्न टिक्न सजिलोकुरा छैन । तर आफ्नो कला छ भने पछि हट्नु हुदैन जितेर अगाडी जानु पर्छ भन्ने भनाइ छ सबितामा ।

डान्सर मात्र नभयर गायिकाको रुपमा पनि चिनिने चाहना छ उनको तर समय अनुसार काम गर्नु पर्छ समयले जे जे सिकाउछ त्यो कला प्रस्तुत गर्ने उनको चाहना छ समय संगै राम्रो भिडियोमा फरक अभिनय गर्न सकियो भने चर्चामा आउन धेरै समय नलाग्ने बताउछिन उनि अहिले २२ बर्षकि बताउने सबिता लोभ देखाउने मान्छेहरुको पछाडी नलाग्ने र आफ्नो कला आफुनै प्रस्तुत गर्ने अनि जिबनमा सफल बन्ने बताउछिन।

ईतिहास देखि आजको दिनसम्म आउदा नेपालका हरेक जिल्लाहरुको आफ्नै अस्तित्व र औचित छ । तनहु झनै ऐतिहासिक जिल्ला हो भनेर भनिरहनु पर्दैन । त्यहि ऐतिहासिक जिल्ला तनहु आपूखैरेनी र आमा बिन्दु आले र बुवा दान बहादुर आलेको कोखबाट जन्मिएकी मोडल तथा डान्सर सबिता आलेको लोकप्रिय कलाकार बन्ने सपना छ ।

गायिका तथा डान्सर सबिता आलेलाइ गायिका सिला आलेले यो क्षेत्रमा आउन प्रेना दिनुभएको थियो सानो छदा उनि म्युजिक बज्दा आफ्नो टाउको हल्लाउने नाच्ने जस्तो स्वाभाब देखाउदा उनि शंग पनि केहि कला छ है भन्ने देखेर उनको कलालाई अगाडी बढाउनको लागि घर परिवारले साथ् दिएको थियो भने संगीतमय बातावरणमा उनि हुर्केको हुनाले नाच्ने मात्र उनको दिमागमा रहयो अनि उनि नाच्नमा अगाडी बढिन उनि टिभी हेरेर आफु कलाकार बन्ने सपना बुन्ने गर्थिन उनि भने सगीत उनको दिमागमा सधै गुञ्जने गर्दछ ।

चर्चित हुनु र लोकप्रिय बन्नुमा फरक देख्ने नजर उनीसँग छ । कहाँसम्म जादा संस्कृति हुन्छ र कहाँसम्मको दुरी नाघ्दा विकृति हुन्छ भन्ने कुरा पनि उनीसँग राम्ररी थाह छ कार्यक्रमको लागि मलेसिया , भारत अनि दुवै सम्म पनि पुगेकी थिइन् भने नेपालमा पनि १५ देखि २० जिल्लामा उनि सास्कृतिक कार्यक्रमको लागि पुगी सकेकी छिन सबिता ।

विगत केही वर्ष यता निरन्तर अभिनय क्षेत्रमा क्रियाशिल सविताको बसाई राजधानीमै भएको बताउछिन् । एक दर्जन भन्दा बढि आधुनिक तथा लोक दोहोरी गीतहरुमा सफल अभिनय अनि डान्स गरेकी आलेको जीवन अत्यन्तै सुखी परिवारमा हुर्केकी अनि फूलेको फूल जस्तै छ ।

हुन त काँडाको बीचमा गुलाव र हिलोमा फुलेको कमलको सामु मानव जीवन अर्को एउटा उदाहरणीय आयम हो । आफ्नो अविभावकको माया र साथबाट उनि सधै अगाडी बढेकी थिइन् धेरै भन्दा धेरै साथ माया घर परिवारबाट पाएकी छिन सबिता संसारमा दुख नभोगेको सायद कमै मानिस हुन्छ तर सबितालाई तेस्तो दुख खासै भएन ।

रहर कसको हुदैनर सफल मोडल बन्ने तर मोडल बन्ने प्रयास नै सफलता हो भन्ने उदस्यले अगाडि बढेर प्रयास गरे एकदिन सफल्ता हासील गर्न सकिन्छ भन्ने भनाई उनको छ । गित संगित सबैको साझा चौतारी हो, यसलाई माया गर्नुपर्छ सबैको साथ सहयोग पाए एकदिन अवस्य सफलता पाइन्छ । कसैले पनि सबैकुरा पहिले नै सिकेर आएको हुदैन विस्तारै सबैकुरा अगाडि बढाउदै सिक्दै जानुपर्छ ।

गित संगितमा सधै रमाउने गर्थिन उनी भोली को सफल कलाकार बन्ने धोको छ उनमा पुरा हुन्छकी हुदैन त्यो भने समयले देखाउने छ । सबैको सोच पूरा हुन्छ भन्ने छैन । त्यस्को लागी हरेक कुराले साथ दिनु पर्छ भबिस्यमा यहि कला क्षेत्रकै कुनै बयापर गर्ने सपना पनि उनको रहेको छ । हाम्रो टिमको तर्फबाट पनि सबितालाई आउने दिनहरुको सुभकामना दिन चाहान्छौ ।



प्रतिक्रिया दिनुहोस्