Logo

अफगानी सैनिकबाटै विदेशी सैनिकमाथि आक्रमण: नेटो



काठमाडौँ,१८ कात्तिक । अफगानिस्तानमा आन्तरिक हमलामा परी शनिबार एकजना अमेरिकी सैनिकको मृत्यु भएको भने अर्का एकजना घाइते भएको नेटोले जनाएको छ ।

तीन हप्ताभित्रको अवधिमा भएको यो आक्रमणको कसैले जिम्मेवारी लिएको छैन । युद्धग्रस्त अफगानिस्तानको सेनालाई हाल तालिम र परामर्श सेवा उपलब्ध गराउन तैनाथ विदेशी सैनिकमाथि अफगानी सैनिकबाटै आक्रमण हुने गरेको छ ।

पश्चिमी प्रान्त हेरातमा गत अक्टोबर २२ तारिखका दिन र दक्षिणी प्रान्त कान्दाहारमा अक्टोबर १८ तारिखका दिन भएका आक्रमणहरुको जिम्मेवारी तालिबानले लिएको छ ।कान्दाहारमा भएको आक्रमणमा अफगानिस्तानका लागि अमेरिकी सैनिक प्रमुख तथा नेटो कमान्डर जनरल स्कट मिलर भाग्यले बाँचेका थिए ।

प्रारम्भिक अध्ययनमा आक्रमणकारी अफगानी सैनिक रहेको पहिचान भएको छ, नेटोको विज्ञप्तीमा भनिएको छ । उक्त घटनामा आक्रमणकारी पनि मारिएका छन् ।पछिल्लो घटना समेत अफगानिस्तानमा यसै वर्ष आन्तरिक आक्रमणमा मारिने सेनाको संख्या आठजना पुगेको छ ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्