Logo

‘नोट अफ डिसेन्ट’ लेख्नु आफ्नै निर्णय बिरुद्ध उभिनु होः नेता शाह



काठमाडौं । नेपाली कांग्रेसका युवा नेता ऋषिकेश जंग शाहले पर्टिका नेताहरूले केन्द्रिय कार्य समितिको बैठकमा लेखेको ‘नोट अफ डिसेन्ट’ बिगतमा आफुले गरेको निर्णय विरुद्धको ‘नोट अफ डिसेन्ट’ भएको बताएका छन् ।

हालै एक सञ्चारकर्मीसँगको कुराकानी गर्दै कांग्रेस नेता शाहले जिम्मेवार नेताहरूले लेखेको नोट अफ डिसेनको कारणले नेपाल विद्यार्थी संघको महाधिवेशनलाई अन्योल बनाएको जिकिर गरेका हुन ।

बिगतमा प्रदिप पौडेल लगायतका नेताहरूले ३२ बर्षको उमेर हदबन्दी लगाएको र उनीहरुनै अहिले सोही निर्णयको विपक्षमा हुनु गलत भएको शाहको बताए ।

सोहि अन्तरवार्तामा शाहले आगामी निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीलाई उछिनेर अगाडि बढ्न नेपाल विद्यार्थी संघले मात्रै १० लाख नया मतदाता थप्नु पर्नेमा जोड दिएका छन् ।

नेपाल विद्यार्थी संघको काधमा १० लाख नया मतदाता थप्नु पर्ने जिम्मेवार सुम्पिन पनि नेपाल विद्यार्थी संघको समयमै महाधिवेशन हुन जरुरी रहेको उनको बुझाई छ ।



प्रतिक्रिया दिनुहोस्