काठमाडौ । तिहारमा देउसी भैलो खेल्ने चलन पुरानै हो । यहि चलनलाई प्राथमिक दिदै सास्कार र संस्कृतिलाई बचाईराख्न कलाकारहरुले पनि तिहारको समयमा तिहारलाईनै मध्यनजर गरि देउसी भैलो गीत सार्बजनिक गर्ने गर्दछन ।
लोकप्रिय ६ जना कलाकारहरुको आवाजमा रहेको देउसी भैलो गीत हजुरको आगनिमा बोलको गीत गोर्खा चौतारी म्युजिक प्रालिको युट्युब मार्फत सार्वजनिक भएको छ ।
गायिका उमा श्रेष्ठ, स्मृति गौतम, बिन्दा परियार र गायक अमृत खाती, भिमसेन खतिवडा, डीबी लोप्चनको स्वर रहेक उक्त गीतमा गायक अमृत खाति र माधब प्रधानको शब्द सृजना माधब प्रधानको लय रहेको छ ।
प्रकाश खडाका ले चलाएको क्यामेरा लाई मिलन बिश्वकर्मा ले सम्पादन गरेका छन । बिक्रम चुहान को निर्देशन मा रहेको म्युजिक भिडियो मा सन्जिब ठकुरी र टीका जैसी को अभिनय हेर्न सकिन्छ ।
https://www.youtube.com/watch?v=Qu_a0rJdiyw