Logo

गायक नेत्र भण्डारी र डिला बस्यालको स्वरमा ‘फुलबुट्टे चोली’



काठमाडौं । “नेत्र भण्डारी” लोक दोहोरी क्षेत्रका एक चर्चीत गायक हुन् । उनको जन्म सल्यान जिल्लाको काफ्रेचौरमा २०४२ सालमा भएको हो, बाल्यकालमा अली चनचले स्वभाबका भण्डारी उकाली ओराली घाँस दाउरा गर्दा गीतहरु गुनगुनाउने गर्थे, उनी २०६१ सालमा काठ्मण्डौं आएका थिए।

काठ्मण्डौको निरन्तर संघर्स पछी गायक नेत्र ले २०६४ सालमा राजु परियार र लक्ष्मी न्यौपानेको “सल्ला घारी बन”बोलको एल्बममा गीत गाउने अबसर पाएका थिए । त्यस पछी उनी बिभीन्न समस्यामा अल्झीदै करीब ८ बर्ष गीतहरु रेकर्ड गर्न पाएनन् । त्यस पछि रमेश बिजीको शब्द र ध्रुव धितालको लयमा रहेको “स्याउ ल्याई दिउ की केरा”बोलको गीतमा उनले स्वर दिए ,त्यो गीतले उनलाई गायक नेत्र भण्डारी भनेर यसक्षेत्रमा फेरी स्थापित गरायो।

पछील्लो समय उनका ”अंगुर फल्ने झुप्प” “हार्दीक श्रदान्जली” “नियती”जस्ता गीत बजारमा निकै चर्चाको शिखरमा पुगे,अहीले उनी निरन्तर यसक्षेत्रमा लागीरहेको र आफु यो क्षेत्रबाट सन्तुष्ट रहेको बताउछन्। यसैबिच आइतबार उनको “फुलबुट्टे चोली”बोलको गीत सार्बजनीक भएको छ ।

यो गीतको शब्द शृजना “सन्ध्या केसी” को रहेको छ भने लय शृजना नेत्र भण्डारी र बिरेन्द्र सिंह ठकुरी को रहेको छ । स्वर नेत्र भण्डारी संगै “डिला बस्यालको” रहेको छ । गीतको अडियो अनी भिडीयो निर्माण ग्रुप नेपालले गरेको हो भिडीयोमा अभिनय अहिलेका चर्चीत मोडल कृष्ण रेउले निशा सिंह ठकुरी र मनिष खड्काको रहेको छ ।

यो भिडीयोको दृष्य निर्माण बिपी फिल्म्स प्रालिले गरेको हो, भिडीयो छायंकन करन चैसिरले गरेका छन् भने सम्पादन प्रविन भट्टले गरेका छन् भने निर्देशन अहिलेका चर्चित निर्देशक मौसम हिमालीले गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्