Logo

अमेरिकाको संसद्मा पहिलो पटक दुई मुस्लीम महिला निर्वाचित



सिकाको, २१ कात्तिक / अमेरिकी मतदाताहरुले दुई जना मुस्लीम महिलालाई संसद्मा निर्वाचित गरेका छन् । निर्वाचित दुबै जना डेमोक्र्याट हुन् ।

निर्वाचितमध्ये एक जना सोमालियाबाट शरणार्थीका रुपमा अमेरिका बस्दै आएकी इल्हान ओमर हुनुुहुन्छ । मिन्नेसोटा प्रदेशमा उहाँ विजयी हुनुभएको हो ।

त्यसैगरी सामाजिक कार्यकर्ताका रुपमा क्रियासिल रशिदा तलैबी पनि संसद्का लागि निर्वाचित हुनुभएको छ । प्यालेस्टाइनबाट अमेरिका आएका बाबुआमाबाट उहाँको जन्म अमेरिकाकै डिट्रोइटमा भएको समाचारमा जनाइएको छ ।

संसद्मा उहाँहरुसँगै अर्का एक जना मुस्लीम पुरुष पनि गरी मुस्लीम समुदायबाट तीन जना निर्वाचित हुनुभएको छ । संसद्मा निर्वाचित अर्का मुस्लीम पुरुष अफ्रिकी अमेरिकी अन्ड्रे कर्सन हुनुुहुन्छ । उहाँ इन्डीयना प्रदेशमा दोस्रो पटक निर्वाचित हुनुभएको हो । उहाँले पनि डेमोक्र्याट पार्टीबाट प्रतिनिधित्व गर्नुहुुन्छ ।

अमेरिकाका नागरिकमा मुस्लीम समुदायप्रतिको नकारात्मक धारणा रहेकै बेला उहाँहरुको जितलाई अर्थपूर्णरुपमा हेरिएको छ ।रासस/एएफपी



प्रतिक्रिया दिनुहोस्