Logo

उपसभामुख तुम्बाहाङ्फे बेलायत प्रस्थान



काठमाडौं, २१ कात्तिक । उपसभामुख डा शिवमाया तुम्बाहाङ्फे बुधबार बेलायत प्रस्थान गर्नुभएको छ ।एयर इन्डियाको विमानबाट बिहान साढे १० बजे तुम्बाहाङ्फे बेलायत प्रस्थान गर्नुभएको हो ।

महिलाहरुलाई पनि मताधिकार प्रदान गरिएको १ सय वर्ष पुगेको सन्दर्भमा नोभेम्बर ८ र ९ मा लन्डनमा महिला सांसदहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको तर्फबाट सहभागिता जनाउन तुम्बाहाङ्फे बेलायत जानुभएको हो ।

बेलायत प्रस्थान गर्नुअघि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसित कुरा गर्दै तुम्बाहाङ्फेले औपचारिक÷अनौपचारिक फोरमहरुमा नेपालको संसदीय व्यवस्था, महिलाहरुको उपस्थितिलगायतका विषयमा छलफल गर्ने जानकारी दिनुभयो ।

सम्मेलनमा उपसभामुख तुम्बाहाङ्फेले नेपालको बालिका शिक्षाबारे प्रवचन दिने कार्यक्रम रहेको छ । उहा“ले सम्मेलन सकिएपछि पनि नेपाली समूदायले गर्ने कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम छ ।

लन्डनस्थित नेपाली दूतावासले पनि उपसभामुखको सहभागिता रहने केहि कार्यक्रमहरु तय गरिसकेको जनाएको छ । नोभेम्बर १० तारिख शनिबार बिहान ‘भिजिट नेपाल– २०२०’ को प्रबद्र्धनका लागि एक उच्चस्तरीय समिति घोषणा गर्न दूतावासमा आयोजना हुने कार्यक्रममा उपसभामुख सहभागी हुने कार्यक्रम छ ।

त्यस्तै, ब्रिटेन नेपाल चेम्बर अफ कमर्सस“गको सहकार्यमा नोभेम्बर १३ को सा“झ दूतावासमै हुने नेपाल डेभलपमेन्ट कन्फरेन्समा पनि उहा“को सहभागिता रहनेछ ।



प्रतिक्रिया दिनुहोस्