Logo

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भ्रमणबारे जानकारी गराएकोः शेरधन राई



काठमाडौँ,२५ । देश नं १ का मुख्यमन्त्री शेरधन राईले केन्द्र सरकार र प्रदेश मन्त्रिपरिषद्मा जानकारी दिएरै थाइल्याण्डमा उपचार र संयुक्त राज्य अमेरिकाको निजी भ्रमणमा गएको बारे जानकारी गराएका छन।

सुटुक्क अमेरिका गएको भनी आलोचना भएकोमा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रतिक्रिया दिँदै लामो समयदेखि घाँटीको समस्याबाट पीडित मुख्य मन्त्री राईको नेपालमा रोग पत्ता लगाउन नसकेपछि बैंककस्थित बुम्रुनग्राड इन्टरनेशनल अस्पतालमा परीक्षणका लागि गएको बताए । उनी यही कात्तिक १६ गते बैंकक गएको र स्वास्थ्य परीक्षणको प्रतिवेदन केहीदिनमै आएपछि स्वदेश फर्कने कार्यक्रम छ ।

मन्त्री कार्कीका अनुसार मुख्यमन्त्री राईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आफ्नो भ्रमणबारे जानकारी गराएको तर उपचार तथा निजी भ्रमणबारे सङ्घीय सरकारको अनुमति लिनुपर्ने अनिवार्य व्यवस्था छैन । मन्त्री कार्कीले मुख्यमन्त्री राईको भ्रमणका विषयमा अमेरिकामा पत्रकारलाई कुटपिट गरिएको सन्दर्भ जोड्न आवश्यक नभएको पनि जिकीर गरेका छन। रासस



प्रतिक्रिया दिनुहोस्