Logo

भिडन्तमा परी ६१ हुथी विद्रोहीको मृत्यु



काठमाडौँ,२५ कात्तिक । गृहयुद्ध जारी रहेको यमनको होडेडामा भएको पछिल्लो भिडन्तमा परी कम्तीमा ६१ हुथी विद्रोही लडाकू मारिएका छन् ।

सरकारी फौजको कारबाहीमा परेर अन्य दर्जनौ घाइते पनि भएको स्थानीय स्वास्थ्यकर्मीहरु र सैन्य स्रोतहरुले शनिबार जनाएका छन् । घाइतेहरुको नजिकैका अस्पतालहरुमा उपचार गरिएको छ ।

मारिनेमा ४३ जना हुथी विद्रोही र नौ जना उनीहरुका समर्थक रहेका छन् । अन्य नौ जना समर्थकको भने होडेडाको दक्षिणमा पर्ने मोखामा रहेको एउटा सरकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ।

घाइते दर्जनौं विद्रोहीहरुलाई साना र इब प्रान्तका अस्पतालहरुमा स्थानान्तरण गरिएको होडेडास्थित सैनिक अस्पतालले जनाएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्