काठमाडौँ,२५ काक्तिक । अस्ट्रेलियाको होबार्टमा जारी तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै अस्ट्रेलियासामु जितका लागि ३२१ रनको विशाल लक्ष्य दिएको छ ।
पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि फाफ डु प्लेसिसले व्यक्तिगत १२५ रन र डेभिड मिलरले १३९ रनको योगदान गरेका थिए ।अहिले ब्याटिङ गरिरहेको अस्ट्रेलियाले ११ ओभरमा तीन विकेटको क्षतिमा ४० रन मात्र बनाएको छ । खेल जारी छ ।
यसअघिका दुईवटा एकदिवसीय खेलमा दुवैले एकएक खेल जितेका छन् । एजेन्सी