Logo

६६ लाख हिनामिना गर्ने पक्राउ



काठमाडौँ,२६ कात्तिक । राप्ती गाउँपालिका–५ सिसहनियास्थित प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पत्रकार सन्तोषकुमार गुप्ता पक्राउ परेका छन् ।

सहकारी संस्थाका अध्यक्षसहित शेयर सदस्य, बचतकर्ताको उजुरीका आधारमा सहकारी संस्थाका ऋण समितिका संयोजक रहेका गुप्ता पक्राउ परेका हुन् । रु ६६ लाखभन्दा बढी रकम हिनामिना गरेको उजुरी इलाका प्रहरी कार्यालय भालुवाङमा परेपछि प्रहरीले अनुसन्धानका लागि गुप्तालाई नियन्त्रणमा लिएको हो ।

सहकारी संस्थाका व्यवस्थापक रमिता चौधरी र उनका श्रीमान् वसन्त चौधरी फरार छन् । पक्राउ परेका गुप्तालाई अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको र फरार व्यक्तिको खोजी जारी राखिएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख रवीन्द्रराज पाण्डेले जानकारी दिनुभएको छ ।

“प्रहरी कार्यालयमा तीन जनाविरुद्ध किटानी जाहेरी परेको थियो । सोही आधारमा सन्तोषकुमार गुप्तालाई पक्राउ गरिएको हो”, उहाँले भन्नुभयो, “अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।” तीनै जनाविरुद्ध सहकारी संस्थाको रकम हिनामिना गरेको अभियोगमा दाङ देउखुरी जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्