Logo

छठ सबैको साझा पर्वः मुख्यमन्त्री पोखरेल



काठमाडौँ,२६ कात्तिक । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जातीय र सांस्कृतिक विविधताले भरिएको नेपालमा विभिन्न जाति र समुदायले मनाउने पर्व सम्पूर्ण नेपालीको अमूल्य निधि भएको बताएका छन ।

मुख्यमन्त्री पोखरेलले छठ पर्वका अवसरमा आज दिएको शुभकामना सन्देशमा समाजका पर्व र संस्कृतिले एकता, भ्रातृत्व र मेलमिलापको वातावरण बनाइरहेको तथा कुनै समय कुनै समुदायविशेषले मनाउने छठ पर्व अहिले सबै नेपालीका साझा बन्दै जानु नेपाली समाजका लागि सुखद् विषय भएको बताईएको छ।

उनले आफ्नो नेतृत्वको प्रदेश सरकार प्रदेशको विकास र समृद्धिका माध्यमबाट राष्ट्र निर्माणको महाअभियानमा जुटिरहेको बताउँदै समृद्ध प्रदेशका माध्यमबाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा जुट्न सबैमा आग्रह गरेका छन । रासस



प्रतिक्रिया दिनुहोस्