Logo

कामपा प्रमुख– उपप्रमुख चीन प्रस्थान



काठमाडौँ,२६ कात्तिक । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी आज चीन प्रस्थान गरेका छन।

हुआन शहरमा यही कात्तिक २८ देखि ३० सम्म आयोजना हुने ‘चाइना इण्टरनेशनल फ्रेण्डसिप सिटिज कन्फरेन्स २०१८’ मा भाग लिन त्यहाँ गएको सामाचारहरुमा जनाईएको छ ।

चाइनिज पिपुल्स एशोसिएसन फर फ्रेण्डसिप विथ फरेन कण्ट्रिज सिपिएएफएफसी, चाइना इण्टरनेशनल फ्रेण्डसिप एशोसिएसन सिआइएफसिए र हुआन म्युनिसिपल्स पिपल्स गभर्मेन्टले उक्त सम्मेलन आयोजना गरेका हुन् । ‘विकासका अवसर र साझा जीतका लागि सहयोग बाँडफाँट’ विषयमा केन्द्रित सम्मेलनमा भगिनी सम्बन्ध भएका अन्तर्राष्ट्रिय नगर र सङ्घसंस्थाका प्रतिनिधिकोसहभागिता रहनेछ ।

आधुनिक र वातावरणमैत्री शहर निर्माण गर्न तथा साझा समृद्धिका लागि उन्नत अनुभव आदानप्रदान गर्न सम्मेलन आयोजना गरिएको हो । ल्हासा नगरले काठमाडौँ महानगरलाई निमन्त्रणा गरेको र ‘आउटस्ट्याण्डिङ फरेन फ्रेण्डसिप सिटी अफ टिबेट अटोनोमस अवार्ड’ का लागि मनोनयनसमेत गरेको छ सम्मेलनमा सहभागी भएर प्रमुखसहितको टोली शनिबार स्वदेश फर्कनेछ ।

सो अवधिमा महानगरको नियमित काम हेर्न वडा नं १ का वडाध्यक्ष भरतलाल श्रेष्ठलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्