काठमाडौं, २७ कात्तिक । थाईल्याण्डमा सम्पन्न हुने विवाहित महिलाहरुको लागि समर्पित अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगितामा भाग लिन नेपालबाट परिकल्पना राई पुगेकी छिन् ।
राईले ‘सिनियर लेडिज’ विद्याको ‘क्लासिक मिसेस एशिया ईन्टरनेश्नल’ शीर्षकमा प्रतिष्पर्धा जनाउँदैछिन् । जहाँ विश्वका विभिन्न देशका ४० वर्ष पार गरेका विवाहित महिलाहरुको प्रतिष्पर्धा छ ।
४४ वर्षकी राई तीन सन्तानकी आमा हुन् । काठमाडौंको नयाँ बानेश्वर निवासी राईले शिक्षा शास्त्रमा स्नातकोत्तर गरेकी छिन् । राईलाई यात्रा गर्न खुबै मनपर्छ । त्यस्तै, सामाजिक कार्यमा पनि उनको रुचि छ । उनीसँग नेपालस्थित् डेनमार्क दुतावासमा ‘भिसा एण्ड कन्सुलर’ अफिसर्सको रुपमा एक दशकसम्म काम गरेको अनुभव छ । राई ‘मिसेस नेपाल ईन्टरनेश्नल–२०१५’ मा समेत सहभागी भएकी थिईन् । जहाँ उनले सेकेण्ड रनरअपको उपाधि जितेकी थिईन् ।
राईले यही नोभेम्बर ८ देखि नोभेम्बर १५ सम्म ‘क्लासिक एण्ड मिसेस एशिया ईन्टरनेश्नल–२०१८’ मा प्रतिष्पर्धा गरिरहेकी छिन् । उक्त कार्यक्रम थाईल्याण्डको रायोङ् डिस्ट्रिकमा भैरहेको छ । कार्यक्रममा राईको सहभागिता र सहजीकरणको लागि ‘ग्रुप अफ ईभेन्ट ईन्टरटेनर्स’ (जि.ई.ई.) ले व्यवस्थापनको काम गरिरहेको छ । जि.ई.ई उक्त कार्यक्रमको लागि नेपालको ‘अफिसियल फ्रान्चाईज’ पनि हो ।
नेपालमा उक्त प्रतियोगिताको लागि कोरियोग्राफर रोजिन शाक्यले राईलाई प्रशिक्षण दिलाएका थिए । ई.आर.एम ब्यानरमा मिसेस एशिया ईन्टरनेश्नल प्रतियोगिता सन् २०१२ देखि सुरु भएको हो ।