Logo

प्रेस स्वतन्त्रतामा कसैसँग सम्झौता हुँदैन : सभापति आचार्य



काठमाडौँ२८ कात्तिक । नेपाल पत्रकार महासङ्घका सभापति गोविन्द आचार्यले प्रेस स्वतन्त्रताको विषयमा कसैसँग पनि सम्झौता नहुने बताएका छन । विराटनगरमा आज पत्रकारहरुसँग छलफल गर्दै उनले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी कुनैपनि हुने निर्णय वा तर्जुमा गरिने कानून स्वीकार्य हुँदैन भने ।

उनले आम सञ्चारसम्बन्धी कानून बनिरहेको जानकारी दिँदै सञ्चारसम्बन्धी संरचना कस्तो बनाउने भन्ने विषयमा विराटनगरमा छिटै सम्मेलन गर्न लागिएको पनि जनाए ।

सभापति आचार्यले मुलुकी संहिताले स्वतन्त्र पत्रकारितामा अङ्कुश लगाउन खोजेकामा यसलाई समाधान गर्न बनेको कार्यदलबाट सकारात्मक कार्य हुनेमा जोड गरे । उनले निरन्तर सङ्घर्ष र वकालत गर्ने नेपाल पत्रकार महासङ्घले राष्ट्र र जनताका हितका निम्ति नियमित आवाज उठाइरहेको स्पष्ट पारेका थिए । रासस



प्रतिक्रिया दिनुहोस्