काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकार बनेको ९ महिना पुगेको छ । यो समयमा ओली नेतृत्वको सरकारले जनताको हितमा के कति काम गर्यो ? त्यसको मुल्याङ्कन गर्ने अनेक तरिका छन् ।
दुई तिहाईको मत सहित सरकार बनाएको नेकपाले जति गर्नुपर्ने थियो त्यो गर्न सकेन भनेर जनताले खुल्याम भनिरहेका छन् । कुनै व्यक्ति सफल र असफल बन्नुमा केवल एकल व्यक्तिद्धारा सम्भव हुँदैन । पत्रकार नरेश न्यौपाने प्रम आलीका वरिपरि कस्ता मान्छेहरु छन् त ? नियाल्ने प्रयास गरेका छन् :
प्रकार न १: जो प्रधानमन्त्री बन्छ उसैका प्रशंसक
प्रधानमन्त्री फेरिने बित्तिकै वालुवाटार पुगिहाल्ने, सवै सुत्रहरुसँग सुमधुर सम्वन्ध भएका , अघिल्लो जन्ममा पनि प्रधानमन्त्री सँग गहिरो सम्बन्ध भएको जसरी प्रस्तुत हुने र वहालवाला प्रम जस्तो व्यक्ती यो दुनियाँमा कहिल्यै नजन्मेको र जन्मिन पनि नसक्ने ठोकुवा गरेर काम फुत्काउने ।
प्रकार न २: व्यक्ती विशेषका सदावहार प्रशंसक
यिनिहरु व्यक्ति प्रधानमन्त्री हुँदा या नहुँदा उनको साथ साथ हुन्छन । प्रमले विश्वास गर्ने पनि यस्तैलाइ बढी हो । यिनिहरु प्रममा गुणै गुण देख्ने मात्र कहाँ हो र अवगुणलाइ पनि गुणका रुपमा व्याख्या गर्ने र थप कलात्मक पक्षधरता प्रस्तुत गर्ने गर्छन ।
प्रकार न ३: पार्टी आवद्द प्रशंसक
यिनिहरु पार्टी सरकारमा भएका बेला मौकामा चौका ठोक्ने प्रवृत्तिका हुन्छन । पहिलो र दोश्रो प्रकारभन्दा यो प्रकार अलि भलाद्मी देखिन्छ । पार्टिका अन्य नेताको सिफारिस लिएर वा नलिएरै पनि प्रम कहाँ काम फत्ते पार्ने गर्छन । तर यिनिहरुको दुर्भाग्य , यिनिहरुलाइ प्रधानमन्त्रीका सहयोगिले पटक्कै रुचाउँदैनन ।
प्रकार न ४ : गुणदोष हेरेर प्रशंसा गर्ने प्रशंसक
प्रधानमन्त्रीले नबोलाइ बालुवाटार वा सिंहदरवार कतै जादैनन । वोलाइहाले पनि प्रधानमन्त्रीको ओरिजिनल चौकडिले यिनिहरुलाइ प्रतीक्षालयमा घन्टौं कुराउने गर्छ । चौकडिहरु यिनिहरुको भेट प्रम संग प्रायः नहोस भन्ने नै चाहन्छ । भेट गराउनुपर्दा पनि प्रम निस्किनै लाग्दा सामान्य मुखामुख मात्रै हुने गरि यस्तोखाले प्रशंसकलाइ चौकडिले समय व्यवस्थापन गर्छ ।