कौरव खत्रीः गुल्मी । सँस्कृर्ति प्रर्यटन तथा नागरिक उड्यन मन्त्रि रविन्द्र अधिकारीले प्रथम बडिगाड महोत्सबको उद्घाटन गर्दे बागलुङको विविधता, सँस्कृर्ति, सुन्दरतामा देशकै नमुना जिल्ला भएको बताउँदै आफुले बागलुङको प्रर्यटकिय र सँस्कृर्ति क्षेत्रको बिषयमा आफु जानकार रहेको बताउँदै बास्तविक बागलुङको पहिचान गर्न जिल्ला सदरमुकाममा मात्र नभइ सबै तहको भ्रमण गर्नुपर्ने बताए । साथै मन्त्री अधिकारीले बागलुङ्ग सँस्कृर्ति र सुन्दरताको अनुपम जिल्ला रहेकाले बागलुङ्ग जिल्ला साँच्चिकै मिनी नेपाल रहेको बताए ।
बागलुङ्गको पश्चिम क्षेत्रमा रहेको ढोरपाटन सिकार आरक्ष सँगै दर्जनौ प्रर्यटकिय स्थल तथा बिभिन्न कला सँस्कृर्तिले भरिपुर्ण जिल्ला रहेका कारण आवस्यकतालाई पहिचान गरेर यहाँको पुर्वाधार बिकासमा सरकार लागि परिरहेको बताए ।
नेपाल लामो समय सम्म सँक्रमण कालमा अल्झिएकोले विकासले खासै गति लिन नसकेको र अब सँविधानले तोके वमोजिम तिनै तहको सरकार निर्माण भइसकेकोले चुनाबमा जनता सामु बाचा गरेका कुराहरु क्रमश पुरा हुने कुरामा ढुक्क रहन आग्रह गरे । लोकन्त्र भनेकै जनताको सुख र समृद्धिको लागि भएकोले विकास र देश निर्माणमा सय थरी फुलका माला झै हातेमोलो गरेर अगाडी बद्नुपर्ने बताए ।
उनले बागलुङ्ग ढोरपाटनलाई प्रर्यटकिय क्षेत्रको रुपमा अगाडी बढाउन, बागलुङको दुर्गमता लाई बिकासले चिर्न राष्टिय गौरबको आयोजना मध्यपहाडी लोकमार्ग सरकारले अगाडी बढाएको बताउँदै उतm सडकको निर्माणधिन काम छिटै सम्पन्न गर्न सरकार प्रतिबध्ध रहेको बताए ।
एक सँकको पुर्णता दिनका निम्ती सरकार निरन्तर अगाडी बढिरहको बताउँदै चाँडै सम्पन्न गर्न आफु उनले थप बोल्दै सालझण्डी ढोरपाटन सडकले समेत गति लिईरहेका कारण निश्चित समयमै काम सक्ने गरी सरकारको भुमिका रहने बताए । त्यस्तै कार्यक्रममा सँघिय साम्सद देवेन्द्र पौडेलले बोल्दै कला सँस्कृर्तिको विकास र प्रर्वदनका निम्ती मेला र महोत्सकले थप बल पुग्ने बताए ।
महोत्सबका अवसरमा स्थानिय कलासँस्कृर्ति झल्कने झाँकि, सोरठी, नौमती बाजा, झजन कृतन, संगै बिभिन्न सँघसँस्थाको र्याली सहित खार बजार परिक्रमा सहित महोत्सबलाई थप आर्कषक बनाएका थिए । महोत्सबको अवसरमा बरिस्ठ लोक गायक बमबहादुर कार्कि, शिवा आलेले मौलीक सँस्कृर्ति झल्कने गित प्रस्तुत गरेका थिए ।
कला सँस्कृर्ति, कृर्षि र प्रर्यटन समृृद्ध वडिगाडको आधार, प्रथम वडिगाड महोत्सब तथा न्वागि मेला नमुना वडिगाडका पुर्वाधार भन्ने मुल नाराका साथ आगामि मंसिर ९ गतेसम्म बिविध खेलकुद तथा साँस्कृर्तिक कार्यक्रम सहित महोत्सब सञ्चालन हुने आयोजकले जनाएको छ ।
आजै पौँदी बासिहरुले परम्परागत रुपमा मनाउँदै आएको न्वागि पर्व समेत नँया उत्पादित जडन जातको चामलमा दहि, केरा, सिलाम, चिनी लगाएतको समिश्रणबाट तयार पारीएको न्वागि बिहान ५ बजेर ४२ मिनेको सुभ साइत पारेर न्वागि खानुका साथै कार्यक्रमका प्रमुख अतिथी लगाएत अतिथी जनलाई समेत खुवाईको थियो ।
कार्यक्रम आयोजक सँस्था वडिगाड सँस्कृर्ति प्रर्वधन केन्द्र वडिगाडको आयोजना, सँस्थाका अध्यक्ष्ँो कलाधर धिमिरेको अध्यक्षता, सँस्थाका उपादक्ष कृष्ण भट्टराईको स्वागत, सचिब बिष्णु प्रसाद आर्चायको सञ्चालनमा उद्घाटन सत्रको कार्यक्रम सम्पन्न भएको थियो । तश्वीर कौरव खत्री