Logo

विदेशीबाट खतरा नदेख्ने, ज्ञानेन्द्रबाट खतरा देख्नु पागल पन होः अनिल योगी



काठमाडौं । केही नालायक तत्व र ब्यक्तिहरु नेपालमा राजसंस्था फर्कियो भने देश बर्वाद हुन्छ भन्न थालेका छन । दलालीकरण, सिमा कब्जा र आर्थिक उपनिवेशबाट देशलाई महा धोका र घात हुने कुरा कसैले सोचेका छैनन् । वर्तमान राजनीतिक दल र खासगरि नेकपाले सञ्चालन गरेको फगत राजनितीक ब्यवस्था र सत्तालाई स्वयम् समीक्षा गर्नु आबस्यक ठानिरहेका छैनन् ।

बिदेशिको कुल्ली हुनका लागि पनि आवश्यक योग्यता नभएकाहरुलाई राजसंस्थाले देश जोडेर, जोगाई दिएको हुनाले सान र मानको जीवन बाँच्न पाएका हौं भन्ने कुराको हेक्का नहुनेहरुको घटिया सोच विचारको जति भत्सर्ना गरे पनि कम हुन्छ । यसको अर्थ यो होईनकी हालका दलहरुभन्दा शाह वंशिय साशन पूर्ण रुपमा ठिक थियो । निरासाको मुखमा पुग्दाको अवस्थामा तुलना गर्न मन लाग्ने रहेछ । उ भन्दो यो ठिक, यो भन्दा उ ठिक भन्ने स्थानमा पु्गिने रहेछ ।

२००७ सालको परिवर्तन पछि नेपालमा आएर बसेको भारतीय सेना र मन्त्री परिषदमा भारतीय प्रतिनिधि बस्ने ब्यवस्था हटाउने राजसस्था र राजा हुन कि राजसस्थाबाट देशलाई खतरा देख्ने कुनै बिदेशीका दलाल हुन् ?

नेपाली समाजलाई कित्ता कित्तामा बिभाजन गर्दै युद्ध आतंक मचाउदै,आफ्नो दुनो सोझ्याएको अपराधलाई जानाजान लुकाई रहेका छन् । बिदेशीबाट देशलाई खतरा नदेख्ने, तर नेपालको भुगोलिक अखन्डतालाई सुरक्षित राख्ने र नेपालीलाई बिदेशीको दास हुनबाट जोगाउने राज संस्थाबाट देशलाई खतरा देख्ने, चुतियाहरुको चेतना र चिन्तनको कुनै उपचार छैन । त्यो एक प्रकारले पागल पनको उपज हो ।

जसले देशमा चरम भ्रष्टाचार गरेका छन् , राज्यलाई आफ्नो बिर्ता जस्तै बनाएका छन्, सत्ता र शक्तिमा बसेर नेपाली जनताकाबीचमा आफै राजा बन्न पाएका छन् । बिदेशीसंग नचाहिंदो सम्बन्ध राखेर धन सम्पती जोढेका छन र आफ्नो जीवन शैलिको चरम विकास गर्न पाएका छन् ।

तिनीहरुका लागि राज संस्था पुन:रस्थापना भयो भने पक्कै पनि खतरा छ । २००७ साल देखि २०१७ सालसम्म राज्यमा लुटखसोट गर्ने नेताहरुलाई राज संस्था र राजाले कुनै कठोर सजाय दिएको ईतिहास पढ्न पाईदैन । राजा र राज संस्थाले राष्ट्रलाई थिती र बिधिमा चलाउने प्रयास पक्कै पनि गर्दो रहेछ भन्ने ईतिहास छ ।

राजा र राज संस्थाले प्रतक्ष शासन चलाएको समयमा देशको आर्थिक बिकास भएको थियो, देशमा कलकारखाना उध्योग धन्दा पनि खुलेका थिए । २०४६ सालको परिवर्तन पछि आजको अबस्था सम्म आई पुग्दा बिदेशिबाद र बिचार बोकेका मानसिक गुलामहरुले चलाएको राज्यसत्ता र ब्यवस्थामा देशको मुहार फेरियो त ? राजसस्थाबाट खतरा देख्ने मानसिक गुलामहरुले यो बिषयलाई बुझ्नुपर्छ कि पर्दैन ?

देशलाई खतरा राजसस्थाबाट होईन, बिभिन्न राजनितिक दलका दलालहरुबाट छ । म चुनौती दिन चाहन्छु आउ नेपाली जनताकाबीचमा बसौ र बहस गरौ, साच्चि कै नेपाल राष्ट्र र नेपाली जनतालाई कुन-कुन तत्व र ब्यक्तिबाट खतरा छ ? नेपाली जनताले आफै भन्ने छन् ।

गल्ली, गल्छेडेमा लुकेर घुस खाने, भट्टि पशल र चिया दोकानमा बसेर घुस खानेहरु भन्दा कागज पत्र मिलायर घुस खानेहरुलाई कसरी पच्काउने होला भनेर म सोच्दैछु । यो ब्यवस्था अरुलाई भन्दा कागज पत्र मिलायर घुस खाने भ्रष्टाचारिका लागि दुहुनु गाई जस्तै भएको छ ।

वाईड बडि हो कि वाईसियल बडि हो, बुझ्न सजिलो छैन । भ्रष्टाचार कान्ड सानो होईन, तर सुन्दा नेपाल र नेपाली जनता संग कस्तो मजाक गरेको जस्तो लाग्ने । २४ अरब भन्दा बढिमा खरिद गरेका जहाज नत उडाउन मिल्छ नत गुडाउन । राज्यलाई एक महिनामा ३१ करोड घाटा बेहोर्न निगमले पैसा माग्दैछ । कस्तो धन्दा होला है ? (लेखक पत्रकार एवम् राजनीतिक विश्लेषक हुन)



प्रतिक्रिया दिनुहोस्