Logo

स्वास्थ्य सहायक २० दिनदेखि बेपत्ता, बिरामी मारमा



काठमाडौँ,५ मङ्सिर । महोत्तरीको एकडारा गाउँपालिका–५ कोल्हुवा बगेया स्वास्थ्य चौकीका स्वास्थ्य सहायक चन्दनकुमार साह २० दिनदेखि बेपत्ता छन् । साह बेपत्ता भएपछि बिरामी मारका परेका छन् ।

साह कहाँ कुन अवस्थामा रहेको भन्ने बारेमा कुनै जानकारी नभएको एकडारा गाउँपालिका–५ का वडाध्यक्ष शेराजुद्दिन अन्सारीले जानकारी गराए। उपचारका लागि आउने बिरामीलाई निकै सास्ती भएको त्यहाँ कार्यरत अनमी प्रतिमा चौधरी पौडेल बताउन्छन। स्वास्थ्य चौकीमा दैनिक ७० देखि ८० बिरामी उपचारका लागि आउने गरेका छन् । “उपचार सेवा प्रभावित भएको छ,” पौडेलले बताए । रासस



प्रतिक्रिया दिनुहोस्