Logo

भारतीय विदेशमन्त्री स्वराज राजनीतिबाट सन्यास लिने !



नयाँदिल्ली । भारतीय विदेशमन्त्री सुष्मा स्वराज चुनावी राजनीतिबाट सन्यास लिने भएकी छन् । ६६ वर्षिया स्वराजले आगामी सन् २०१९ को लोकसभा निर्वाचनमा समेत प्रतिस्पर्धा नगर्ने गरी सन्यासको घोषणा गरेकी हुन् ।

निश्चित उमेरपछि राजनीतिबाट सन्यास लिने परम्पराको सुरुवात गर्न आफूले निर्वाचन नलड्ने घोषणा गरेको उनको भनाइ छ । सन् १९७७ मा २५ वर्षको उमेरमा हरियाणा विधानसभामा निर्वाचित सुष्मा स्वराज भारतको विदेश मन्त्रालय सम्हाल्ने दोस्रो महिला हुन् ।



प्रतिक्रिया दिनुहोस्