Logo

आत्मघाती आक्रमणप्रती अमेरिकी भत्र्सना



काठमाडौँ,५ मङ्सिर । अफगानिस्तानको काबुलमा मङ्गलबार भएको आत्मघाती आक्रमणको अमेरिकाले निन्दा एवं भत्र्सना गरेको छ । यस आक्रमणमा परी कम्तीमा ५० जनाको मृत्यु हुनुको साथै कैयांै व्यक्ति घाइते भएका थिए ।

मुसलमानहरुका धर्मगुरु मोहमदको जन्मदिवसको उपलक्ष्यमा भेला भएका व्यक्तिहरुलाई लक्षित गरी यो आक्रमण भएको थियो । अमेरिकाले यस आक्रमणमा ज्यान गुमाएका व्यक्तिका परिवारजनलाई समवेदना व्यक्त गरेको छ । विस्फोट गराइएको समयमा सो स्थानमा करिब एक हजार मानिसहरू भेला भएका प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

अफगानिस्तानले नियन्त्रण गुमाउदैः अमेरिका

अफगानिस्तानमा १५ जना सुरक्षाकर्मी मारिए

अफगानिस्तानमा युद्धविरामले शान्तिको आशा बढाउँदै

अफगानिस्तानमा तालिबान तथा इस्लामिक स्टेट्स लडाकू समूहले नियमितजसो बम हमलाहरू गर्दै आएका छन् । यसअघि गत नोभेम्बर १२ का दिन प्रहरी चौकीनजिकै भएको एक आत्मघाती आक्रमणमा परी कम्तीमा १० जनाको ज्यान गएको थियो ।

अफगानी तालिबान समूहसँग शान्तिवार्ताको पहल भइरहे पनि अफगानिस्तानमा आतङ्ककारी आक्रमणमा कुनै कमी आएको छैन ।केही दिन अगाडि मात्र अफगान तालिबानसँग अमेरिकी विशेषदूत जाल्मे खलिलजादले खाडी राष्ट्र कतारमा वार्ता गर्नुभएको थियो ।

कतारमा भएको वार्ताका बारेमा कुनै सन्दर्भ उल्लेख नगरी अमेरिकी दूत खलिलजादले काबुलमा वार्तामा बस्न चाहने सबै अफगानी समूहसँग छलफल गरिरहेको पत्रकारसँग भन्नु भएको थियो । अहिले मेलमिलाप र शान्तिको अवसर आएको पनि उहाँले प्रष्ट पार्नु भएको थियो ।

अमेरिकी नेतृत्वको फौजले तालिबान सत्ता अपदस्थ गरेको १७ वर्ष पूरा भइसकेको छ, तर अहिले अफगानिस्तानको झण्डै आधा भाग तालिबान विद्रोहीको नियन्त्रणमा छ । तालिबानले गरेका स्थानीय सुरक्षा फौज र सरकारी अधिकारीमाथिको आक्रमणका कारण दिनहुँ ठूलो संख्यामा हताहत भइरहेको छ ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्