Logo

भारतीय राष्ट्रपति र अस्ट्रेलियाली प्रधानमन्त्रीबीच भेटवार्ता



काठमाडौँ,६ मङ्सिर । अस्ट्रेलिया भ्रमणमा रहेका भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग अष्टे«लियाली प्रधानमन्त्री स्कट मोरिसनले बिहीबार सिड्नीमा शिष्टाचार भेट गरेका छन । चारदिने भ्रमणका क्रममा बुधबार बिहान राष्ट्रपति कोविन्द अष्ट्रेलिया पुगेका थिए ।

भारतीय राष्ट्रपति कोविन्द, उनकी श्रीमती सवितालगायतलाई अस्ट्रेलियाका उच्चस्तरीय सरकारी अधिकारीले स्वागत गरेका थिए ।अष्ट्रेलिया भ्रमणको आज दोस्रो दिन भारतीय राष्ट्रपति कोविन्दले वरिष्ट अष्ट्रेलियाली अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।

त्यसैगरी उनले अष्ट्रेलियामा रहेको महात्मा गान्धीको शालिकलाई गान्धीको १५०औँ जन्मजयन्तीको उपलक्षमा अनावरण गर्नुहुने कार्यक्रम रहेको छ । राष्ट्रपति कोविन्द यहाँ आयोजना हुने दुई देशीय व्यापारिक सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको समाचारहरुमा जनाईएको छ ।

यसअघि राष्ट्रपति कोविन्द भियतनामको चारदिने भ्रमणमा रहेका थिए । उनले भियतनामको राष्ट्रिय सभालाई सम्बोधन गर्नु साथै त्यहाँका राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्