Logo

मेक्सिको सिमा पूरै बन्द गरिदिने ट्रम्पको चेतावनी



काठमाठौँ, ७ मङसिर । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सिकोसँगको पूरै सिमाना बन्द गरिदिने चेतावनी दिएका छन्।सीमाक्षेत्रमा मध्यअमेरिकी देशहरूबाट आप्रवासीको आगमनका क्रममा शान्तिसुरक्षामा बाधा पुगेमा मेक्सिकोसँगको व्यापारसमेत बन्द गरिदिने धम्की नउले दिएका छन्।

आवश्यक परेमा सीमास्थित सुरक्षा फौजलाई घातक शक्तिको प्रयोग गर्न आफूले अनुमति दिएको ट्रम्पले बताएका छन्।तारबारको थप नयाँ संरचना बनाउन सोमवार अमेरिकाले व्यस्त नाका केही बेर बन्द गरिदिएको थियो।

मध्यअमेरिकी देशहरूबाट झन्डै चार हजार किलोमिटर यात्रा गरेर हजारौँ आप्रवासी सीमा क्षेत्रमा आइपुगेका छन्।आफ्नो देशमा व्याप्त आर्थिक कठिनाइ तथा हिंसाबाट बच्न उनीहरू अमेरिका जान चाहन्छन्।स्थानीय अधिकारीहरूका अनुसार थप आप्रवासीहरू आउने क्रम जारी छ र उनीहरूको कुल सङ्ख्या १० हजार पुग्नेछ।

यसअघि राष्ट्रपति ट्रम्पले सीमा क्षेत्रमा ५८ सय सुरक्षाकर्मी परिचालन गरेका छन्। उनले आप्रवासीको आगमनलाई अतिक्रमणको सङ्ज्ञा दिएका थिए। बीबीसी



प्रतिक्रिया दिनुहोस्