Logo

चीनमा झण्डै चार लाख गैरसरकारी संस्था



बेइजिङ, ७ मङ्सिर। चीनमा समुदायमा आधारित गैर नाफामुलक संस्थाहरूको संख्या झण्डै चार लाख पुगेको छ । नागरिक मामिला सहायक मन्त्री झान चेङफुले तीन लाख ९३ हजार गैर नाफामुलक सामुदायिक संस्थाहरू पुगेको बिहीबार जानकारी दिनुभयो ।

विषेशगरेर छिमेकीहरूलाई सहयोग गर्ने, सांस्कृतिक कार्यक्रम आयोजना गर्ने र खेलकुद प्रतियोगिता आयोजना गर्नेलगायतका कामहरू यी संस्थाहरूले गर्ने उहाँले बताउनुभयो ।

त्यसैगरी ग्रामीण क्षेत्रमा उत्पादनजन्य कामका लागि प्राविधिक सेवा दिने काम पनि यी संस्थाहरूले गर्ने गरेका छन् । यी बाहेक निजी सामाजिक संस्थाहरू पनि चीनमा सात हजारभन्दा बढी रहेको उहाँले जानकारी दिनुभयो ।

ती संस्थाहरूमा झण्डै दुई लाख ३० हजार सामाजिक कार्यकर्ताहरू क्रियाशील रहेका छन् । एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्