Logo

साउदी अरबका युवराज ट्युनिसिया जाने



ट्युनिस, ८ मङ्सिर / साउदी अरबका युवराज मोहम्मद बिन सलमान बिन अब्दुलाजिजले ट्युनिसियाको भ्रमण गर्नुहुने भएको छ ।

यही नोभेम्बर २७ तारिखका दिन उहाँ ट्युनिसिया आउने कार्यक्रम तय भएको ट्युनिस अफ्रिक प्रेसले शुक्रबार जनाएको छ । ट्युनिसियाको राष्ट्रपतिका राजनीतिक परामर्शदाता नौरेडिन बीन टिचाले साउदी युवराजको भ्रमणको पुष्टी गर्नु भएको छ ।

“विभिन्न अरब देशहरुको भ्रमण गर्ने शिलसिलामा उहाँ यहाँ आउन लाग्नु भएको हो, हामी उहाँलाई स्वागत गर्दछौं,” टिचाले भन्नुभयो ।(रासस÷सिन्ह्वा)



प्रतिक्रिया दिनुहोस्